हेलिकप्टर दूर्घटनामा साउदी राजकुमारको मृत्यु
साउदी अबरको सरकारी संचारमाद्यमले बताए अनुसार यमनको सिमा क्षेत्रमा भएको हेलिकप्टर दूर्घटनामा त्यहाँका एक जना राजकुमार र एक सरकारी उच्च अधिकारीको मृत्यु भएको छ ।
दूर्घटनामा साउदी राजकुमार मंसुर बिन मुकरिनको मृत्यु भएको हो । उनी त्यहाँको असीर प्रान्तको ड्पिुटी अभर्नर थिए । हेलिकप्टर दक्षिणी साउदीको आभा सहरमा दूर्घटना भएको बताइएको छ । बीबीसी हिन्दीले पनि यो घटनाको पुष्टि गर्दै समाचार लेखेको छ ।
बीबीसीका अुनसार, भ्रष्टाचारको आरोपमा पक्राउ परेका सबै राजकुमार, मन्त्री र उद्योगपतिहरुको बैंक खाता रोका गरिने आइतबार मात्र त्यहाँको सरकारले घोषणा गरेको थियो ।
साउदीको समाचार माद्यामहरुले बताए अनुसार यो दूर्घटनामा कोही पनि बाचेका छैनन । आइतबारमात्र साउदी अबरमा एक भ्रष्ट्राचार नियन्त्रण गर्ने समिति बनाइएको थियो । जून घोषणा गरिएको एक घण्टा नबित्दै अन्य थुप्रैलाई पक्राउ गरिएको छ । मिडियाहरुका अनुसार, राजाको आदेश अनुसार साउदी युवराज मोहमत बिन सलमानको नेतृत्वमा सो निकाय घोषणा गरिएको छ । हिरासतमा लिइएकाहरुमा मध्ये अरबपति राजकुमार अलबलीद बिन तलल पनि छन्, जसको एप्पल र ट्विटरजस्ता थुप्रै कम्पनीहरुमा शेयर पनि छ ।
साउदीको सरकारी समाचार माद्यमले बताए अनुसार, यो समितिलाई कसैको नाममा वारेन्ट जारी गर्ने र यात्रामा रोक लगाउने अधिकार दिइएको छ । आइतबार पक्राउ गरिएकाहरुलाई कुन कुन आरोपमा पक्राउ गरिएको हो त्यो भने अहिलेसम्म सार्वजनिक नगरिएको बीबीसीले जनाएको छ । तर, साउदीको अल अरेबियाका अनुसार, सन् २००९ मा आएको बढी र सन् २०१२ को मर्स भाइरसको संक्रमण फैलिएको बिषयबारे नयाँ तरिकाबाट जाँच सुरु गरिएको छ ।