प्रतिपक्ष दलहरुलाई उपेक्षा गर्दै बजेट पास गरे आजको दिन इतिहासकै कालो हुनेछ – बानियाँ 

तु खबर संवाददाता
२०७८ असार २७,आईतवार २०:३८
file-photo

मकवानपुर । प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा गरेर एकलौटी ढंगबाट बजेट पास गरेमा आजको दिन इतिहासकै कालो दिन हुने बताएका छन् ।

विहान ११ः ४० बजेदेखि निरन्तर संचालन भएको प्रदेशसभा बैठकमा विभिन्न समयमा विद्युत अवरुद्ध भई बैठक प्रभावित भइरहेको र सदन्मा खर्च कटौतीको प्रस्ताव राखेका सांसद्हरुले फिर्ता लिने वा नलिने काम बाँकी रहेकोले भोलि जेठ २८ गते बैठक पुन राख्न विपक्षी दलहरुले आह्वान गर्दा समेत त्यसको उपेक्षा गर्दै सत्तारुढ दलका सांसद् मात्रै सदन्मा उपस्थित भई बैठक संचालन भइरहेको नेता बानियाँले बताए ।

विनियोजन बजेटमाथि आवश्यक छलफल नै नगरी सत्तारुढ दलले बहुमतको दम्भ देखाउँदै एकलौटी ढंगबाट बजेट पास गरे त्यो स्वीकार्य नहुने बानियाँले बताए ।

अहिले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठक बहिस्कार गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*