बामगठबन्धनको महिनैभरि कार्यकर्ता भेला हुने

तु खबर संवाददाता
२०७४ कार्तिक २०,सोमबार ११:१६

हेटौंडा, २० कात्तिक । नेकपा एमाले मकवानपुर तथा नेकपा माओवादी केन्द्र (बामगटबन्धन) को संयुक्त कार्यकर्ता भेलाहरु सुरु गरेको
छ । आज प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर १ अन्तर्गत गढी गाउँपालिकाको मक्राञ्चुलीमा संयुक्त कार्यकर्ता भेला गरेको छ । त्यसैगरी कात्तिक २१ गते हर्नामाडी, आमभञ्ज्याङ र मनहरी बजारमा, कात्तिक २२ गते बकैयाको हात्तिसुँडे र भिमफेदी बजारमा, कात्तिक २३ गते कुलेखानी र फापरबारीमा, कात्तिक २४ गते राईगाउँ र पालुङमा, कात्तिक २५ गते हेटौंडा १,२,३,४,५,११ र १९ वडामा कार्यकर्ता भेला हुने नेकपा एमाले मकवानपुरका सचिब एबम् प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठले बताए ।
यस्तै कात्तिक २६ गते हेटौंडा ६ र ७ नम्बर वडा तथा राक्सीराङको चैनपुरमा कात्तिक २७ गते कैलाश गाउँपालिका तथा हेटौंडा ८ र ९ मा, कात्तिक २८ गते हेटौंडा १० र १२ नम्बर वडामा, कात्तिक २९ गते हेटौंडा १३ र १४ नम्बर वडामा र कात्तिक ३० गते हेटौंडा १५ मा बामगठबन्धनको संयुक्त कार्यकर्ता भेला हुने नेकपा मओबादि केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमानसिंह पाख्रिन पृथकले जानकारी दिए । कार्यकर्ता भेलापछि अन्य आमसभा तथा घरदैलोलाई थप अगाडि बढाइने उनले
बताए । यसैगरी प्रतिनिधि सभा र प्रदेश स्तरीय कार्यकर्ता भेला यस अगाडि नै सम्पन्न भइसकेको छ ।

यसैबीच, कैलाश गाउँपालिका वडा नम्बर ९ र १० मा भएको कार्यक्रममा बोल्दै खतिवडाले बाम गठबन्धनलाई जिताउन आबश्यक रहेको बताए । बामगठबन्धनलाई जिताएर स्थायी सरकार समेत बनाउन समेत स्थानिय बासिन्दाहरुसँग खतिवडाले आग्रह गरे । खतिवडाले सोहि क्रममा घरदैलो पनि गरेका छन् । मकवानपुरको गढीमा पनि बाम उम्मेदवारहरुलाई बिजयी गराउने गरी भेला भएको समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*