सरकारले ३० हजार मेट्रिकटन चिनी आयात गर्ने
काठमाडौं । सरकारले भन्सार सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला चाडपर्वलाई लक्षित गर्दै ३० हजार मेट्रिकटन चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको जनाएको छ ।
अर्थको सहमति मन्त्रिपरिषदबाट निर्णय गराएर साल्ट ट्रेडिङ वा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयातको अनुमति दिइने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।
उनका अनुसार, हाल बजारमा प्रतिकिलो एक सय रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको मन्त्रालयले जनाएको छ ।
बजार भाउ नियन्त्रणमा राख्न र मुख्य चाडपर्वमा हुने अभाव रोक्न सहुलियतको चिनी खरिद गर्न लागिएको मन्त्रालयको भनाइ छ ।