असहाय बालबालिकालाई चुरेहिल हस्पिटलमा निःशुल्क उपचार

तु खबर संवाददाता
२०७४ कार्तिक २३,बिहीबार ०७:०८

मकवानपुर, २३ कात्तिक । लायन्स हेल्थ फाउण्डेसन मकवानपुरको सहयोगमा हेटौँडाको चुरेहिल हस्पिटलले १५ बर्ष भन्दा मुनिका गरिब तथा असहाय बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको छ । जन्मजात अपाङ्गता भएका र विभिन्न दुर्घटनामा परि अपाङ्ग भएका बालकालिकाको उपचार गरी उनीहरुको सहज जिवन यापन गर्न सक्ने हैसियत बन्ने योजना भएकोले निःशुल्क उपचारको योजना तयार पारिएको लायन्स हेल्थ फाउण्डेसनले जनाएको छ ।
अपाङ्गता भएका बालबालिकालाई आवश्यकता अनुसारको उपचार पद्धत्ति अप्रेशन फिजियोथेरापी अबलम्बन गरी सोही अनुसारको सेवा प्रदान गरिने समेत फाउण्डेसनले जनाएको छ । डाक्टर सुन्दर कुमार श्रेष्ठका अनुसार गरिब तथा असहाय १५ बर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क प्रदान गरिने सेवाहरु निम्न अनुसारका रहेका छन् ।
–जन्मजात खुट्टा्को पैताला भित्र फर्केको
–आगोले पोलेर अङ्गहरु एकआपसमा टाँसिएको
–खुट्टा लुलो र कमजोर भएको, हात तथा गोडाका जोर्नीहरु खुम्चिएको
–ढाड बाङ्गीएको तथा कुप्रो भएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको
–औँलाहरु एकआपसमा टाँसिएको वा बढी भएको
–कृतिम अङ्गका आवश्यकता भएकाहरु, हड्डीको टीबी तथा हड्डी पाकेर पिप बग्ने
–शरीरमा विभिन्न जोर्नीहरु बाङ्गो भएको वा खुस्किएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको
यी सबै सेवा प्रदान गर्नको लागि विषेशज्ञ डाक्टर सहितको कार्यसमिति गठन समेत गरिएको श्रेष्ठले जानकारी दिए । समितिको अध्यक्षमा डाक्टर सुन्दर कुमार क्षेष्ठ, उपाध्यक्षा लायन्सका रवि शर्मा कडेँल, सचिव प्रल्हाद मिश्र ,सहसचिव ,ध्रुव अधिकारी, कोषाध्यक्ष कमिन साँगामीसहित अन्य १० सदस्यहरु रहेका छन् । समितिको ३ जना सल्लाहकार समेत चयन गरिएको छ । चुरेहिल हस्पिटल मार्फत प्रदान गरिने उक्त उपचार सेवा कात्तिक १९ गते आईतबारदेखि सँचालनमा रहेको समेत चुरेहिल हस्पिटलका हस्पिटल म्यानेजर रविरमण अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*