एनआरएनए राष्ट्रिय युवा मञ्चको कोषाध्यक्षमा मकवानपुरका न्यौपानेको उम्मेदवारी

तु खबर संवाददाता
२०७८ श्रावण १५,शुक्रबार ११:२३

मकवानपुर । गैर आवाशीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भोलि जुलाई ३१ गते हुने निर्वाचनमा सुमन न्यौपानले राष्ट्रिय युवा मञ्च कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

मकवानपुरको हेटौंडा घर भएका न्यौपाने डा. ज्ञानेन्द्र रेग्मी नेतृत्वको प्यानलबाट एनआएएनए राष्ट्रिय युवा मञ्चको कोषाध्यक्ष पदका उम्मेदवार बनेका हुन् ।

‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए’ समूहमा रहेर सम्पूर्ण अष्ट्रेलियन नेपाली समुदायलाई एउटै मालामा जोड्ने आफुहरुको लक्ष्य रहेको न्यौपानेले बताए ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायको हितका लागि आफुहरु डटेल लागिपर्ने भन्दै उनले नेपालीलाई जोड्ने संकल्पका साथ आफ्नो प्यानल चुनावी अभियानमा होमिएको बताए ।

उनले भोलि हुने निर्वाचनमा अष्ट्रेलियामा बसोबास गर्दै आएका सम्पूर्ण नेपाली समूदायलाई सहभागी हुन र आफ्नो प्यानलबाट उम्मेदवार बनेका सक्षम उम्मेदवारलाई मतदान गरी विजयी बनाइदिन अनुरोधसमेत गरे ।