सुत्केरी भत्ता काण्डमा बिरोध खतिवडाले दिए यस्तो स्पष्टीकरण

तु खबर संवाददाता
२०७४ कार्तिक २६,आईतवार ०२:३४

मकवानपुर, २६ कात्तिक । सुत्केरी काण्डको विषयमा गलत हल्ला फैलाइएको भन्दै बाम गठबन्धनका तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले फेसबुक मार्फत नै त्यसको विरोध गरेका छन् ।
उनले आफु लेखासमितिको संयोजक हुँदा सुत्केरी भत्ता लिएको भन्ने बजारमा हल्ला फैलिएसँगै त्यसको स्पष्टीकरण दिएका हुन् । आफुविरुद्ध गलत प्रचार गरिएको भन्दै उनले वि.सं. २०५५ का केही लेखा समितिको प्रतिवेदनका बुँदाहरु समेत उल्लेख गरेका छन् । साथै झुठो प्रचार गरेर चुनाव जित्ने दिवा सपना नपाल्न पनि उनले विरोधीलाई चुनौती दिएका छन् ।
उनको स्पष्टीकरण सहितको फेसबुक स्टाटसमा धेरै बहस समेत भएका छन् । एक दलले अर्को दललाई आरोप प्रत्यारोप समेत गरेका छन् । त्यस्तै कमेन्ट मध्ये समृद्ध अन्नलले लेखेका छन्–‘अन्यथा नलिनुहोला । मैँले सुनेको चैँ तपाईंले लिनुभएको उपचार खर्चको औषधीबिल पेश गर्दा सुत्केरी महिलाले प्रयोग गर्ने औषधी पनि बिलको लिस्टमा परेको रे । रेको कुरा हुन्, सत्यतथ्य हजुरबाट क्लियर पारिदिनु होला ।’ उनको जवाफमा खतिवडाले त्यो आफुले नगरेको बरु अरु कसैले गरेको बताएका छन् ।
उनले फेसबुक स्टाटसमा लेखेका छन्–‘निर्वाचनको समयमा आएर बिरोध खतिवडाले सुत्केरी भत्ता लिएको भनेर जनतामा भ्रम फैलाउने नियतले सामाजिक संजालमा झुठो प्रचार गरिएको पायौँ । मैले तीन संसदीय कार्यकालमा लिएको सम्पुर्ण उपचार खर्च सार्बजनिक लेखा समितिको आठौँ प्रतिबेदन पेज नम्बर ४० मा हेर्न सक्नु हुन्छ ।
साईलेन्सर पाईपले पोलेको उपचार रु ४६२/-

दाँतको उपचार रु २४२५ र रु १४३७/-
गरि जम्मा रु ४३२४/-
जनताको जानकारीको लागी । झुठो प्रचार गरेर चुनाब जित्ने दिवा स्वप्न नदेखे हुन्छ ।’
हेर्नुहोस् उनले पेश गरेका कागजपत्र र केही कमेन्टहरु–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*