कुलमान घिसिङको नियुक्त बदर गर्न शाक्यद्वारा रिट निवेदन दर्ता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।
प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वोच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको दाबी गरेको सहरजिष्ट्रार दाहालले बताए ।
शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो ।
शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएर रिट निवेदन गर्दा गराएका हुन् ।