राजन मैनालीको अभियान–हामी सबै स्वरोजगार
मकवानपुर, २७ कात्तिक । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य राजन मैनालीले संमृद्धि हाम्रै पालामा देख्नको लागि सबै स्वरोजगार बन्नुपर्ने बताएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ को विभिन्न स्थानमा घरदैलो पश्चात भएको कोण सभामा बोल्दै उम्मेदवार मैनालीले आफ्नो उम्मेदवारी मैं पनि स्वरोजगार तैं पनि स्वरोजगार अभियानको लागि रहेको बताए ।
उनले आजको युग विकास र संमृद्धिकोे युग रहेको बताउदैं ,२०७२ मा संविधानसभाबाट जारी भएको ऐतिहासिक संविधान हाल कार्यान्वयनको चरणमा रहेको र अहिलेको परिस्थिती भनेको आर्थिक विकास र समृद्धिको रहेको समेत प्रष्ट पारे । उम्मेदवार मैनालीले संविधानदेखि असन्तुष्ट पक्षलाई समेत संविधान संसोधन मार्फत राम्रा पक्षको सम्मान गनर््ु पर्ने बताए । साथै धार्मिक सहिष्णुता कायम गर्नको लागि जनमत संग्रह मार्फत आएको निष्कर्षलाई संविधानमा व्यवस्था गरिनुपर्ने समेत बताए ।
कार्यक्रममा नयाँशक्ति मकवानपुरका कार्यालय सचिव राजेन्द्र सिम्खडा, नेताहरु सुधिर थापा ,गोविन्द पुडासैनी ,श्यामकुमार थापा स्थानीय राधिका थापा ,लक्ष्मी शिवाकोटि लगाएतले मन्तव्य राखेका थिए ।
घरदैलो हेटौँडाको चिल्ड्रेन पार्क ,चिसापानी ,भैरवडाँडा लगाएतको स्थानमा रहेको समेत नयाँ शक्ति नेपाल मकवानपुरले जनाएको छ ।