प्रदेश नं १ : शेरधन राईलाई राजीनामा गराएर मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

तु खबर संवाददाता
२०७८ भाद्र १०,बिहीबार १३:२८

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसंगै नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।

मुख्यमन्त्री हेरफेर गर्नुअघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरिएको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य संसदीय दलको नेता चुनिएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत ५२ जना सांसद एमालेकै भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

माधव नेपालले नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गरेसंगै अल्पमतमा परेको १ नम्वर प्रदेश सरकार टिकाउन एमालेले माधव पक्षको नेतृत्व संहालिरहेका भीम आचार्यलाई मुख्यमन्त्रीको अफर दिएको हो ।

बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर माधव पक्षको नेतृत्व संहालेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।