एक–दुई वटा पात झर्दैमा रुखलाई कुनै असर पर्दैन – ओली

तु खबर संवाददाता
२०७८ भाद्र १२,शनिबार १५:५६
file-photo

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र केही नेताहरुले मात्रै एमाले छाडेर अर्को पार्टी गठन गरेको भएपनि केही फरक नपर्ने बताएका छन् ।

उनले ठुलो रुखलाई एक–दुई वटा पात झर्दैमा केही फरक नपर्ने भन्दै टिप्पणीसमेत गरे ।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गरे ।