नेकपा एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँड, बागमती इन्चार्जमा न्यौपाने
मकवानपुर । माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इन्चार्जहरु चयन गरेको छ ।
राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न जिम्मेवारी बाँडफाँड गरिएको हो ।
नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशनमा पार्टीको स्थायी कमिटीमा नेता नेपाल र झलनाथ खनाल खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् ।
साथै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।
त्यस्तै प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने चयन भएका छन् । यसैगरी गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला छन् । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।
उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् ।