चुनाव प्रचार गर्न लोकतान्त्रिक गठबन्धन कैलाश गाउँपालिकामा

तु खबर संवाददाता
२०७४ कार्तिक ३०,बिहीबार ०२:०९

कैलाश, ३० कात्तिक । चुनावी अभियान लिएर लोकतान्त्रिक गठबन्धन मकवानपुरको कैलाश गाउँपालिकामा पुगेको छ । चुनावी अभियान अन्तर्गत बुधबार कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरमा कृषि तथा पर्यटनक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताईन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको समुद्धि आफूहरुको मूल एजेण्डा भएको बताउदै पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रचारप्रसार समिति संयोजक देवलाल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रचार समितिका सहसंयोजक भीमसेन महत लगायतले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*