बागमती प्रदेशमा ‘एक घर–एक धारा’
मकवानपुर । बागमती प्रदेशले खानपानीको सहज आपूर्तिका लागि ‘एक घर–एक धारा’ अभियानलाई तीव्रता दिइएको छ ।
प्रदेशले ५ वर्षभित्र प्रदेशका १३ वटा जिल्लाका सबैको घरमा धारा जोड्ने अभियानअन्तर्गत प्रदेश स्थापना भएपछि प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन नम्वर १, हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा ८ वटा आयोजना सम्पन्न गरेको हो ।
कार्यालयले संघीय सशर्त अनुदानतर्फ रहेको ७८ वटा आयोजनामध्ये चितवनमा ३ वटा र मकवानपुरमा ५ वटा गरी ८ वटा आयोजना सम्पन्न गरेको कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त निर्माण सम्पन्न भएका आयोजनाबाट ११ हजार १ सय १९ घर लाभान्वित भएका छन । आधरभुत खानीपानीतर्फ गत आर्थिक वर्षमा ४४ वटा आयोजना सम्पन्न भएको कार्यालय प्रमुख श्रेष्ठले बताए । कार्यालयको कुल बजेट ६० करोड २९ लाख रहेकोमा ५३ करोड २५ लाख खर्च गर्दै ८८ प्रतिशत् वित्तीय प्रगति र ९४ प्रतिशत् भौतिक प्रगति हाँसिल गरेको छ ।
बागमती प्रदेशले आर्थिक वर्ष २०७५/०७६ मा १८ वटा र आर्थिक वर्ष २०७६/०७७ मा १५ वटा आधारभुत खानेपानी आयोजना गरी ३३ वटा आधारभुत खानेपानीका आयोजना सम्पन्न गरेको थियो ।