काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा रिजाल

तु खबर संवाददाता
२०७८ भाद्र २२,मंगलवार १४:२२

मकवानपुर । नेपाल सरकारका सहसचिव गोविन्द प्रसाद रिजाललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।

मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका रिजाल त्यसपछि गृह मन्त्रालय सरुवा भएका थिए ।  रिजालले मंगलबार काठमाडौंका प्रजिअको जिम्मेवारी पाएका हुन् । कुशल प्रशासकको रुपमा परिचय बनाएका रिजाललाई काठमाडौं जिल्ला हेर्ने गरी जिम्मेवारी दिइएको हो ।

यसअघि काठमाडौंमा कालीप्रसाद पराजुली प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको छ ।