एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तु खबर संवाददाता
२०७८ भाद्र २४,बिहीबार १५:५६

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट सुरु गरेकी छिन् ।

बिहीबार बिहान नेपाल आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।

भेटमा उनीसंगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी भएका छन् ।

छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।