गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशन सेप्टेम्बर २० मा हुने

तु खबर संवाददाता
२०७८ भाद्र २६,शनिबार १२:१७

दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशन सेप्टेम्बर २० मा हुने भएको छ ।

“प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्दता’’ भन्ने मूल भावनाबाट प्रेरित भई गोरखा जिल्लामा स्थायी बसोबास भई हाल दक्षिण कोरियामा रहँदै आएका गोरखालीहरुको हकहित को लागि सन् २००२ मा स्थापना भएको संस्थाको एघारौं अधिवेशनको तयारी पुरा भएको सचिव बुद्धिप्रसाद नेपालले जानकारी दिए ।

दशौं कार्यसमितिको कार्यअवधि सेप्टेम्बर ३० मा सकिँदै गर्दा सेप्टेम्बर २० तारिखका दिन एघारौं अधिवेशन तय गरिएको उनले बताए ।

कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै अधिवेशन भर्चुअल प्रविधिको प्रयोग गरी गर्न लागिएको जनाइएको छ ।

अधिवेशनमा आर्थिक, र वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरिनुका साथै संस्थाले नयाँ कार्यसमिति चयनका लागि संस्थाका पूर्व अध्यक्ष यदु लामिछानेको संयोजकत्वमा निर्वाचन समिति बनाएर अधिवेशनको कार्य अगाडि बढाएको छ ।

कोरियामा रहेका गोर्खाली दाजुभाई तथा दिदिबहिनीहरुको हरेक आपतबिपत तथा सुख दुःखमा सहयात्रा गर्दै जिल्लामा समेत विभिन्न संघ संस्थाहरूसंग सामाजिक कार्य तथा आपतकालीन अवस्थामा सहयोग गर्दै आइरहेको सो संस्थाका सल्लाहाकार समिति, आजिवन सदस्य, सम्पूर्ण सदस्यहरु, बिभिन्न पेशा तथा ब्यबसाय गर्दै आउनुभएका व्यक्तिहरु, अग्रज व्यक्तित्व, पत्रकार एवम् संस्थाका शुभचिन्तकलाई कार्यक्रममा सहभागि भइदिन अध्यक्ष नवराज गुरुङले अनुरोध गरेका छन् ।