लोकतान्त्रिक महिला संघको प्रचारप्रसार समिति गठन

हेटौँडा, ३० कात्तिक । नेपाली काँग्रेस निकट नेपाल महिला संघ र राप्रपा निकट महिला संगठनको संयुक्त भेला हेटौँडामा सम्पन्न भएको छ । भेलाले लोकतान्त्रिक गठबन्धनको प्रचारका लागि संयुक्त निर्वाचन प्रचार प्रसार समिति समेत गठन गरेको छ ।
नेपाल महिला संघ मकवानपुरकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठको संयोजकतत्व र राप्रपा निकट महिला संगठनकी जिल्ला अध्यक्ष अम्बिका बस्नेतको सहसंयोजकत्वमा ३५१ सदस्य चुनाब प्रचारप्रसार समिति गठन गरिएको हो ।
भेलाले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २, प्रदेशसभा १ को क र ख, २ को क र ख मा नेपाल महिला संघको संयोजकत्व र राप्रपा निकट महिला संगठनको सहसंयोजकत्व रहने गरी संयुक्त प्रदेश समिति गठन समेत गरेको छ ।