डा. महत भन्छन्– एम्बुस विप्लपले हैन, हितबहादुरले राखेको शंका

तु खबर संवाददाता
२०७४ मंसिर १,शुक्रबार ०९:०७

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको डा. महतले बताए ।

‘चुनावमा जित्न लाग्यो भनेर विपक्षीले एम्बुस राखेको हुन सक्छ’, डा. महतले भने, ‘बढ्दो जनसमर्थनबाट विपक्षीहरु आत्तिएका छन् ।’

विप्लप समूहको सन्दर्भमा बोल्दै महतले भने, ‘उहाँहरुले बम आक्रमण नगरेको बताइरहनुभएको मैले सुनेको छु, यो आमसभामा जान नपाओस् भन्नेहरुले गराएको आक्रमण हो ।’

डा. महतले जंगलको बीचमा बाटो मुन्तिर प्रेसर कुकर बम राखेर आतंक मच्याइएको बताए । उनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*