पत्रकार श्रेष्ठको माताको निधनप्रति फोटो पत्रकार समूहद्वारा शोक व्यक्त

मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) मकवानपुरले कार्यसमिति सदस्य मीना श्रेष्ठकी ममतामयी माताकोे निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । समूह मकवानपुरका सचिव बलराम पुडासैनीले मंगलबार शोक वक्तव्य जारी गर्दै श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै दुःखको घडीमा परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
श्रेष्ठकी माता मनकुमारी श्रेष्ठको ८३ बर्षको उमेरमा हिजो सोमबार निधन भएको हो । लामो समयदेखि उपचाररत मनकुमारीको काठमाडौंको कपनमा निधन भएको परिवारले जनाएको छ । मृतक श्रेष्ठका ६ छोरा र २ छोरी मध्ये मीना जेठी छोरी हुन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध मीना बागमती समाचार डटकममा कार्यरत छिन् । लागूऔषध दूव्र्यशनीविरुद्ध कलम चलाउँदै आएकी उनी फोटो पत्रकारितामा पनि अब्बल छिन् ।