भीमफेदी–२ मा राष्ट्रिय परिचय पत्र बनाउने अभियान संचालन

तु खबर संवाददाता
२०७८ आश्विन १४,बिहीबार ०९:०७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ मा राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ । भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युले औपचारिक रुपमा उद्घाटन गरेर अभियान सुरु गरेका हन् । राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह २ नम्वर वडा कार्यालय भैसेबाट गरिने वडा अध्यक्ष बज्युले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या कम भएपनि जोखिम कायमै रहेका अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको प्रयोग गरी वडामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान संचालन गरेको उनले बताए । उनले राष्ट्रिय परिचय पत्र सबैले बनाउनु पर्ने भन्दै वडा नम्वर २ मा उमेर पुगेको र नेपाली नागरिकताको पहुँच भएका नागरिकलाई दिने बताए ।

उनले भने, ‘यो सबैले बनाउनुपर्छ र हाम्रो वडामा हामिले उमेर पुगेका र नेपाली नागरिकताको पहुच भएका सवै जनताको राष्ट्रिय परिचय पत्र बाट कसैलाइ बन्चित गरिने छैन कसैको छुटाउदैनौ सबैको बनाउने छौ ।’ प्रबिधिको जमानामा यो डिजिटल सिस्टम भाबी दिनमा महत्त्वपूर्ण रहने उनको भनाई छ ।