हेटौंडामा विश्व पशुपन्छी दिवस मनाइयो
मकवानपुर । आज (सोमबार) विश्व पशुपन्छी दिवस हेटौंडामा पनि मनाइएको छ । बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका आयोजनामा ‘पशुकल्याण अभिबृद्धी दिगो विकास समृद्धी’ भन्ने नारासहित मनाइएको हो । कार्यक्रम बागमती प्रदेशको भ्रमि व्यवस्था तथा कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले उद्घाटन गरेका हुन् ।
सो क्रममा मन्त्री लामाले मानवीय हिसाबले पनि जिवजन्तुहरुलाई हेरचाह गर्नुपर्ने र पशुकल्याणका लागि काम गर्नुपर्ने बताए । पशु अधिकारको रक्षा गर्नका लागि सबैलाई लाग्न आग्रह गरे । यस्तै, कार्यक्रममा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, पशुपन्छी तथा मन्त्य विकास निर्देशनालयका निमित्त निर्देशक डाक्टर रामप्रकाश प्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटा, सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुपेन्द्र कार्की, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी ध्रुब डिसी लगायतकाको आतिथ्यता रहेको थियो ।