एनआरएनएको निर्वाचन नोभेम्बर ३० मा गर्ने निर्णय

तु खबर संवाददाता
२०७८ आश्विन ३१,आईतवार १६:५३

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआएएनए) को निर्वाचन नोभेम्बर ३० मा गर्ने निर्णय भएको छ । एनआरएनएको १० औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा नै हुनुपर्ने थियो । निर्वाचनको लागि तयारी अघि बढाइएको भएपनि प्रतिनिधि छनोटमा बिवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न भनेको थियो ।

तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० मा गर्ने निर्णय गरिएको एनआरएनएका महासचिव बद्री केसीले जानकारी दिए । उनका अनुसार शनिबार भएको भर्चुअल बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।
यस अघि १० औँ महाधिवेशन तथा निर्वाचन २३ देखि २५ अक्टोबरमा गर्ने निर्णय भएपनि परराष्ट्र मा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।