प्रतिनिधिसभा १ (क) मा सुशान्तकुमार श्रेष्ठ नेतृत्वको टिम घोषणा
मकवानपुर । भोलि मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (क) मा युवा नेता एवम् जिल्ला सदस्य सुशान्तकुमार श्रेष्ठको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी श्रेष्ठको नेतृत्वमा टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा गोपाल न्यासुर र कमला वाइबा रहेका छन् ।
त्यसैगरी सचिव पदमा भुमिनन्द गौतम र शंकर पराजुली, सह–सचिव पदमा दिपक ढकाल र अमर सोराइली रहेका छन् । महाधिवेशन प्रतिनिधिहरुमा महिला खुल्लातर्फ जानुका ठकुरी, समिक्षा बिक, छाँया अधिकारी रहेका छन् भने पुरुषतर्फ खुल्ला सदस्य पदमा उद्धव सत्याल, सचित थापा, नवराज खतिवडा, तेजप्रसाद घिमिरे, मोहनप्रसाद ढकाल र धुर्व दुलाल उम्मेदवार छन् ।
खसआर्यतर्फ पुरुष सदस्यमा बालकृष्ण सापकोटा आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा कृति घलान, भानु सोराइली, पुरुषतर्फ भक्त बहादुर राई, दिपक सिं घलान, नरबहादुर पुलामी, दलिततर्फ अनिल विक र अल्पसंख्यकतर्फ रामशरण माझी उम्मेदवार हुने छन् ।
टिम सार्वजनिक कार्यक्रममा बोल्दै सभापति पदका उम्मेदवार श्रेष्ठले सहमतीबाटै अधिवेशन सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष एवम् कांग्रेस नेता अर्जुन चौँलागाई, वडा नं १६ का अध्यक्ष रामकृष्ण कोइराला, ५ नम्वर वडा अध्यक्ष राजेश बानियाँ, १५ नम्वर वडा अध्यक्ष महारत्न लामालगायत कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो ।