हेटौंडा उपमहानगरपालिकाको ४० प्रतिशत काम योजना सम्झौता

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार ०८:५६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गर्ने विकास निर्माणलगायत कामका योजनामध्ये ४० प्रतिशत् योजनाको सम्झौता भएर कार्यान्वयन चरणमा आएको छ । उपमहानगरपालिकाको चालु आर्थिक वर्षका लागि नगरसभाले पास गरेका १ हजार २ सय योजनामध्ये ४० प्रतिशत् योजनाको सम्झौता भएर कार्यान्वयनमा आएको मेयर हरिबहादुर महतले जानकारी दिए ।

विकास निर्माणका कामहरु तीव्रगतिमा गर्ने योजनाअनुसार धेरै योजना सम्झौता गरेर कामसमेत सम्पन्न भइसकेका छन् । केहीले भुत्तानीसमेत लगिसकेका छन् । केही योजना भने काम सकेर भुक्तानीको चरणमा गएको मेयर महतले बताए । उपमहानगरपालिका क्षेत्रको कार्यालय भवनपरिसर सुदृढीकरणको काम पनि चालु आर्थिक वर्षमा गरिएको छ । कार्यालयको पुराना जीर्ण भवन भत्काएर पार्किङका लागि व्यवस्था गरिएको उनले बताए।

उपमहानगरपालिकाका सडक फराकिला, त्यसका फुटपाथमा फुलका बिरुवाले सजिएसँगै उपमहानगरपालिका कार्यालयलाई पनि सुन्दरताका लागि काम भइरहेको मेयर महत बताउँछन् । पुराना सामानको व्यवस्थापन, नयाँ कार्यालयको प्रशासकीय भवन निर्माणको डीपीआर तयारी काम गर्न लागिएको उनले भनाई छ ।