रेकग्नाइज र गैरिगाउँ तेक्वान्दो डोगांगलाई उपमहानगरपालिकाको सहयोग

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १८:२७

मकवानपुर । जिल्ला तेक्वान्दो मकवानपुरकोे पहलमा हेटौंडा ४ हुप्रचौरस्थित रेकग्नाइज तेक्वान्दो डोजांग र हरियास्थित गैरिगाउँ तेक्वान्दो डोजांगलाई खेलका क्रममा प्रयोग हुने सामग्री सहयोग प्राप्त भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाले उक्त सामग्री उपलब्ध गराएको हो ।

नगर प्रमुख हरिबहादुर महतले रेकग्नाइज तेक्वान्दो डोजांगका प्रमुख बिक्रम लामिछानेलाई रु पचास हजार बराबरकोे म्याट र हटिया गैरीगाउ तेक्वान्दो डोजांगका प्रमुख शिवहरि राईलाई रु पच्चिस हजार बराबरको तेक्वान्दो खेल सामाग्री (चेस्ट प्याड, किकिंग प्याड,हेड
गार्ड ) लगायत सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा तेक्वान्दो मकवानपुरका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले उपमहानगरपालिकाको सहयोगले मकवानपुरमा दक्ष खेलाडी उत्पादन गर्न महत्वपूर्ण सहयोग मिल्ने बताउँदै धन्यवाद दिए । खेल सामग्री हस्तान्तरण कार्यक्रममा तेक्वान्दो जिल्ला कार्यसमितिका कोषाध्यक्ष रविन्द्र डंगोल, सदस्य हरि भुजेल र गोपाल सुनारलगायतको उपस्थिति रहेको थियो ।