उपत्यका विशेष प्रदेश उपाध्यक्षमा प्रचण्डका सुरक्षा प्रमुख पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा प्रमुख रहेका प्रकाशचन्द्र पाण्डे (प्रलोक) माओवादीको उपत्यका विशेष प्रदेश समितिको उपाध्यक्ष पदमा चयन भएका हालै सम्पन्न प्रदेश सम्मेलनबाट उपाध्यक्षमा पाण्डे चुनिएका हुन् ।
नेकपा माओवादी केन्द्रको पार्टी संगठनात्मक संरचना अनुसार ७ भौगोलिक र २ गैर– भौगोलिक प्रदेशहरुको एकै साथ गत मंसिर २५ गते शनिबार अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट बागमती प्रदेशको सम्मेलन हलबाट उद्घाटन गरेका थिए । नेकपा माओवादी केन्द्रको ९ प्रदेश मध्येको उपत्यका विशेष प्रदेशको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित नेता पाण्डे जनमुक्ति सेना नेपालका बटालियन कमान्डर समेत हुन् ।
नेता पाण्डे पार्टी हेडक्वाटर र अध्यक्ष प्रचण्डका सुरक्षाका जिम्मेवारीमा अब्बल सावित भएका कारण उपत्यका विशेष प्रदेशलाई पनि कुशलतापूर्वक नेतृत्व प्रदान गर्न सक्षम रहने माओवादीका नेताहरु बताउँछन् । हाल नेता पाण्डे वाईसीएल नेपाल बागमती प्रदेश समितिका इन्चार्जसमेत छन् ।
नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलनले अध्यक्षमा जगत सिम्खडा, उपाध्यक्षमा कृष्ण के.सी., प्रकाश चन्द्र पाण्डे, संगिता खड्का, सचिवमा सुरेन्द्र बस्नेत, सह–सचिवमा गोगन बहादुर मल्ल, विष्णु थापा , कोषाध्यक्षमा शंकर अधिकारी सहित १४१ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो ।