हेटौंडा–१५ मा सामुदायिक सभाहलको उद्घाटन

तु खबर संवाददाता
२०७८ पुष ३,शनिबार ०९:०३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ रातोमाटेमा सामुदायिक सभाहलको उद्घाटन गरिएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमबीत उक्त सभाहलको उद्घाटन गरेका हुन् । सो क्रममा उनले यो सभाहल सबै क्षेत्रका विभिन्न कार्यक्रम गर्नका लागि उपयोगि रहेको बताए ।

यस सभाहल निर्माण गर्नका लागि उपमहानगरपालिकाले २५ लाख रुपैयाँ सहयोग गरिएको मेयर महतले बताए । सभाहल नहुँदा पहिले यस क्षेत्रका विभिन्न कार्यक्रमहरु टेन्ट हालेर, अरुका भवनमा र बिद्यालयमा समेत गर्नुपर्ने बाध्यता रहेपनि अब भने थप सहज भएको स्थानीय बासिन्दाहरुले बताए । सुबिधा सम्पन्न सभाहल हुँदा यहाँका सरकारी, गैरसरकारी र निजी क्षेत्रका बिभीन्न काम गर्नका लागि सहज हुने मेयर महतको भनाई छ । कार्यक्रममा नेकपा एमाले मकवानपुरका नेता सुनिल मोक्तान लगायतकाको आतिथ्यता रहेको थियो ।