सप्तरीमा अधिकांश मतदानस्थल अतिसंवेदनशील

तु खबर संवाददाता
२०७४ मंसिर १७,आईतवार ११:२०
तस्बिर–गुगल म्याप

सप्तरी, १७ मंसिर । जिल्ला प्रहरी कार्यालय सप्तरीले सप्तरीका २ सय ९५ मतदानस्थलमध्ये २ सय ७ वटा मतदानस्थल अति सम्वेदनशिल रहेको बताएको छ । त्यस्तै बाँकी ८८ वटा मतदानस्थल पनि संवेदनशिलको सुचिमा छ ।
यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सुरक्षाका दृष्टिकोणले समेत कडाई गरि सप्तरीमा भयरहित वातावरणमा चुनाव गराउन प्रहरी लागिपरेको छ ।
सप्तरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको र करिब तीन हजारभन्दा बढी म्यादी प्रहरीसमेत परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । सप्तरीमा निर्वाचनका लागि २९५ मतदानस्थल र ४७८ वटा मतदान केन्द्र कायम गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभातर्फ चारवटा तथा प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्रमा १५२ जना उम्मेदवार चुनावको तयारीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*