जेसीआई हेटौंडाको अध्यक्षमा कंशाकार

तु खबर संवाददाता
२०७८ पुष १५,बिहीबार १६:०६

मकवानपुर । जेसीआई हेटौंडाको अध्यक्षमा पवनकुमार कंशाकार चयन भएका छन् । वर्ष २०२२ को अध्यक्षमा कंशाकर सर्वसम्मत रुपमा चयन भएका हुन् । सो पदका लागि श्रवनकुमार बर्तौला र कंशाकारको उम्मेदवारी परेको थियो । अध्यक्षमा आकांक्षी बर्तोलाले अग्रहको हिसाबले कंशाकारलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएका हुन ।

निर्वाचन आयुक्त राजदेव बानियाँले बिहीबार दिउँसो सर्वसम्मत अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु घोषणा गरे । यसअघि सन् २०१२ का लागि कृष्ण कटुवाल सर्वसम्मत अध्यक्ष चयन भएयता सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन ।

२ जना कार्यकारिणी उपाध्यक्षमा शिव कुमार श्रेष्ठ र संग्राम बल लामा सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा महेश्वर अधिकारी, श्याम कृष्ण दहाल, संदिप जंग कार्की र अमित आचार्य सर्वसम्मत चयन भएका छन् ।