निर्माणाधीन घरमा बालिकाको शव फेला

तु खबर संवाददाता
२०७८ पुष २४,शनिबार १५:२१
file photo

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा एक बालिकाको शव फेला परेको छ । वीरगञ्ज–१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव फेला परेको हो । उक्त शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।