राजनीतिक दलका आमसभा र र्यालीमा बालबालिको प्रयोग
रौतहट, २० मंसिर । निर्वाचनको समयमा राजनीतिक दलका विभिन्न आमसभा तथा र्यालीहरुमा बालबालिकाको प्रयोग भईरहेको पाइएको छ । सिविनसहितका विभिन्न संस्थाले रौतहट जिल्लाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो ।
निर्वाचनको समयमा कुनै पनि दलले निर्वाचन प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको वा नगरेको भन्ने विषयमा रौटहत जिल्लाका विभिन्न स्थानहरु अनुगमन गरिएको थियो । रौतहटको शिवनगर, सन्तपुर, माधवपुर, शिवनगर,डुमरिया लगायतका स्थानहरुमा Electron WACH, Consortium, CZOP, CWISH, CWIN, PN, CN, Jan sewa लगायतका सस्थाहरुले अनुगमन गरेका सिविन नेपाल मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । सो अनुगमन टोलीमा स्ांरक्षण नेपालका प्रमुख ब्रिज मोहन कुशवा, जनसेवाका भाग्य नारायण महतो, महिला तथा बालबालिका सेवाकी मेनुका भारती, जिल्ला बालल्कव संजालका देवानन्द पासावन लगायतको सहभागीता रहेको थियो ।
निर्वाचनका सन्दर्भमा बालबालिकाको न्युन प्रयोग भए पनि र्याली , आमसभा, जस्ता कार्यमा बालबालिकाको प्रयोग भइरहेको संरक्षण नेपालका प्रमुख ब्रिज मोहन कुशवाले जानकारी गराए । यसै गरी चुनावको दिन र विजय जुलस तथा आमसभामा पनि बारा, पर्सा, रौतहत जिल्लामा सिविन नेपाल , संरक्षण नेपाल, सिजोप लगायतका संस्थाहरुले बालअधिकारको अनुगमन गर्ने जनाएको छ ।