हेटौंडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित
![](https://www.tukhabar.com/wp-content/uploads/2018/03/Football_Tukhabar.jpg)
मकवानपुर । मकवानपुरको हेटौंडामा हुने भनिएको शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । यही माघ १६ गतेदेखि २६ गतेसम्म हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएकोले स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
संघका महासचिव युनाल मल्लले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन् । मकवानपुरका स्थानीय पालिकाहरुको प्रायोजनमा मकवानपुर जिल्ला फुटबल संघले शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । जारी विज्ञप्तिमा वातावरण अनूकुल हुने वित्तिकै उक्त खेलको मिति घोषणा गरिने जनाएको छ ।