वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः चौलागाई

तु खबर संवाददाता
२०७८ माघ ८,शनिबार ०८:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ६ चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः उज्वल चौलागाई चयन भएका छन् । शुक्रबार भएको पाचौँ क्याम्पस सभाले चौलागाईको संयोजकत्वमा १३ सदस्यीय संचालक समितिमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पूर्णभद्र चौलागाई, कोषाध्यक्षमा उद्धव विडारीलाई चयन भएका छन् । यस्तै, सदस्यहरुमा क्रमशः उत्सव चौलागाई, शुभद्रा तिमल्सिना, गणेश बहादुर दुलाल, धुव्र घिमिरे, आमन्त्रित सदस्यमा पुष्पराज अधिकारी, विश्वराज राई चयन भएका छन् । क्याम्पस सभाकै अवसरमा क्याम्पसको पाँच कोठे नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रदेश सरकारको ५५ लाख रुपैयाँ बजेट र विश्व विद्यालय अनुदान आयोग अनुदान २५ लाख रुपैयाँ अनुदान रकमबाट भवन निर्माण गरिएको उक्त भवनको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।