नेपालमा डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघ्यो

तु खबर संवाददाता
२०७८ माघ ८,शनिबार १५:३९

काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको कुल संखया ४८ लाख नाघेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार, नेपालमा डिम्याट खाता खोल्नेको कुल संख्या ४८ लाख ५ हजार ८२० जना पुगेको हो । यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् ।

वि.स. २०७६ साल अन्तिमदेखि नेपालमा पनि कोरोना महामारी फैलँदा सेयर बजार प्रति सर्वसाधारणको चासो बढेको छ । सेयर बजारले यही अवधिमा अहिलेसम्मकै उच्च बिन्दु ३१ सय ९८ अङ्कको नयाँ कीर्तिमान बनाएको थियो । यस्तै, दैनिक २१ अर्ब रुपैयाँ बराबरसम्मको कारोबार भएको थियो ।