चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले गरे ओली र नेपालसँग कुराकानी

तु खबर संवाददाता
२०७८ फाल्गुन १२,बिहीबार १७:५५

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा कुराकानी गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले ओली र विदेश विभाग उपप्रमुख चेन झाओले नेपालसँग भिडियावार्ता गरेका हुन् । भिडियो सम्वादका क्रममा नेपाल र चीनको सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जानकारी दिएको छ ।

सम्वादका क्रममा चिनियाँ पार्टीका नेताहरुले नेपाली जनताले आफ्नो विकासको बाटो आफैं तय गर्ने कुरामा चीनको सधैं साथ रहने बताएका छन् । साथै बेल्ट एण्ड रोडले दुई देशको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरेको जनाइएको छ । नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा देखिएको छ भने नेकपा एमालेले सो विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । सत्तारुढ गठबन्धनकै अर्को दल माओवादी केन्द्र पनि एमसीसीको विपक्षमा देखिएको छ भने सत्तारुढ कांग्रेसले भने एमसीसी पास गर्न पार्टी भित्र सहमति जुटाइसकेको छ ।