कोरियामा रहेका गोरखालीहरुलाई गोरखा परिवारको सदस्यता लिन आह्वान

तु खबर संवाददाता
२०७८ फाल्गुन २८,शनिबार १३:३२

सउल, दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाले यहाँ बसोबास गर्ने श्रमिक, विद्यार्थी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध नेपालीहरुलाई आफ्नो साधारण तथा आजीवन सदस्यता लिनको लागि अनुरोध गरेको छ । उसले गोरखा जिल्ला स्थायी घर भई हाल कोरियामा बस्दै आएका नेपालीहरुलाई सदस्यता लिनको लागि आह्वान गरेको हो ।

संस्थाका नवनिर्वाचित अध्यक्ष नवराज भट्टराइले परिवारको सदस्यता लिएर साथ सहयोग गरिदिन सम्पूर्ण कोरियावासी गोरखालीसमक्ष अपिल गरेका छन् । प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने प्रतिवद्धता भन्ने मुल नारा लिएर काम गर्दै आइरहेको परिवारले आफ्नो प्रतिवद्धता पुरा गर्न सम्पूर्ण गोरखालीहरूको साथ सहयोग आवश्यक भएको उल्लेख गरेको छ ।

परिवारका सचिव बुद्धिप्रसाद नेपालले सदस्यता लिन चाहाने गोरखाली नेपालीहरुले गुगलमार्फत् सदस्यताको फारम भर्न सक्ने गरी प्रबन्ध मिलाइएको बताए । उनले साधारण सदस्यताको लागि १० हजार कोरियन वन र आजीवन सदस्यताको लागि १ लाख वन शुल्क निर्धारण गरिएको पनि जानकारी दिए । परिवारले विभिन्न सामाजिक कार्यहरु संचालन गर्नुको साथै प्रवासमा रहेका नेपालीहरुको हितका लागि सक्रिय ढंगबाट कार्य गर्दै आएको छ ।

सदस्यताको लागि गुगलमार्फत् आह्वान गरिएको फर्मको लागि यहाँ क्लिक गर्नुहोस् ।