नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज

तु खबर संवाददाता
२०७८ चैत्र २,बुधबार १५:३९

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसना सुनाएको हो ।

नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेकाले रिट निवेदन खारेज गरेको रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जानकारी दिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको थियो । तर, सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।