नेपाल खेलकुद महासंघमा बुढाथोकीको नेतृत्व
![](https://www.tukhabar.com/wp-content/uploads/2022/03/khelakuda-e1647746231860.jpg)
मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट नेपाल खेकलुद महासंघको अध्यक्षमा उमेश बुढाथोकी चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला भेलाबाट बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।
कमिटीको उपाध्यक्ष भरतमोहन देवकोट र संगीता केसी, सचिवमा दीपेश कार्की, सहसचिवमा रेनु लामा र सुरेन्द्र थापा मगर, कोषाध्यक्ष बादल लामा चयन भएका छन् । अध्यक्ष बुढाथोकी तेक्वान्दोका राष्ट्रिय खेलाडी समेत हुन् । उनी लामो समयदेखि खेलकुद प्रशिक्षकको रुपमा सक्रिय छन् ।
नेकपा (एस) मकवानपुर अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यता भएको भेलामा खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य माधव तिमिल्सिना तथा दीपेन्द्र ढकाल, युवा संघ मकवानपुर अध्यक्ष किरणमान बल तथा अनेरास्ववियू सचिव आकाश अधिकारी तथा नगर युवा संघ अध्यक्ष निरज सिंहलगायतको उपस्थिति थियो ।