पूर्व राष्ट्रिय महिला क्रिकेट खेलाडी गौतमलाई आर्थिक सहयोग

सउल, दक्षिण कोरिया । दक्षिण कोरियाको एकमात्र नेपाली क्रिकेट क्लब नेपाल राइनोले पूर्व राष्ट्रिय महिला क्रिकेट खेलाडी कविता गौतमलाई आर्थिक सहयोग गरेको छ । नेपाल राइनोका क्याप्टेन राज श्रेष्ठ र एनआरएनए कोरियाका सह–कोषाध्यक्ष सुनिल कन्दंगवा लिम्बुको पहलमा गौतमलाई सहयोग गरिएको हो ।
हेर्ने कथा युट्यूब च्यानल मार्फत् राष्ट्रिय खेलाडी कविता गौतमको निकै मार्मिक भिडियो प्रसारित भएको थियो । खेलका दौरान घाइते भएपछी आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाई भएको थाहा भएपछी एक हप्ते आर्थिक अभियान सुरु गरिएको थियो । पूर्व राष्ट्रिय कप्तान तथा क्रिकेट प्लयेर्स एसोसिएसन नेपालका महासचिव पारस खड्कामार्फत् कुल ७ लाख १७ हजार वन (७० हजार ९ सय ४७ नेपाली रुपैयाँ) प्रदान गरिएको हो ।