कांग्रेस बागमतीको कार्यसमिति सदस्यमा मकवानपुरका प्रजासहित १६ जना मनोनित

तु खबर संवाददाता
२०७८ चैत्र ६,आईतवार १६:१९

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यमा १६ जना मनोनित भएका छन् । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आइतबार मकवानपुरका सन्तबहादुर प्रजासहित १६ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् ।

सभापति बानियाँले विधानको धारा १३ (६) को झ बमोजिम उनीहरुलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश कार्यालयका अनुसार, सभापति बानियाँले मकवानपुरका सन्तबहादुर प्रजासहित निमा लामा (सिन्धुपाल्चोक), कृष्णलाल भंडेल (भक्तपुर),  प्रभात तामाङ्ग (रसुवा), कल्पना नेपाली (नुवाकोट), तिलकप्रसाद रुवाली (धादिङ्ग), छिरिङ दोर्जे लामा (काठमाडौं), अर्जुन न्यौपाने (नुवाकोट), कैलाश कोइराला (चितवन), राजु खरेल (काठमाडौं), गौरी दबाडी (काठमाडौं), रमेश कुमार वखती (ललितपुर), हरिहर अधिकारी (काठमाडौं), राजेश महर्जन (ललितपुर), प्रभुराम श्रेष्ठ (दोलखा) र भगवतीकुमारी खड्का (काठमाडौ) लाई प्रदेश कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।

हेर्नुहोस् सूचना ।