तरुण दल हेटौंडा–६ ले दौड प्रतियोगिताको आयोजना गर्ने

तु खबर संवाददाता
२०७८ चैत्र १२,शनिबार ०९:५६

मकवानपुर । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ ले खुल्ला दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । तरुणदल हेटौंडा–६ ले नयाँ वर्षको अवसरमा जिल्ला स्तरीय खुल्ला दौड प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

हरेक वर्ष आयोजना गर्दै आएको दौड प्रतियोगिता कोरोना संक्रमणका कारण गत वर्ष रोकिएको थियो । ‘स्वस्थ्यका लागि खेलकुद’ भन्ने नारा लिएर स्वच्छ जिवन, स्वच्छ समाज भन्ने भनाईलाई आधार बनाएर दौड प्रतियोगीता आयोजना गर्न लागेको ईकाई समिति अध्यक्ष कमल कोईरालाले जानकारी दिए ।

आगामी बैशाख १ गते बिहान ७ बजे हेटौडा–६ चौघडा पिपलबोटबाट सुरु उक्त प्रतियोगीतामा सहभागि हुन नेपाली नागरिकताको प्रतिलिपि, एक थान फोटो र दुई सय रुपैया दर्ता शुल्क तोकिएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र र तृतीय हुनेलाई नगद ५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने सभापति कोईराला बताए ।