सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न दिन प्रदेश सरकारको नाममा आदेश जारी
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलाशले बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न दिन प्रदेश सरकारको नाममा आदेश जारी गरेको छ ।
हेटौंडा इजलाशका न्यायधिश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्री परिषदको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै चौलागाईलाई पदमै रहेर काम गर्न दिन सरकारको नाममा आदेश जारी गरेको हो ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले मन्त्री परिषदको बैठकको निर्णय अनुसार चौलागाईलाई पद मुक्त गरेको थियो । सरकारले बदनियत राखी आफुलाई पदबाट हटाएको भन्दै चौलागाईले उच्च अदालत पाटन हेटौंडामा उत्प्रेषण परामदेशको रिट निबेदन दिएका थिए ।