नवनियुक्त कानूनमन्त्रीद्वारा सपथ ग्रहण

तु खबर संवाददाता
२०७८ चैत्र २४,बिहीबार १५:२३

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) ले सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री बन्दीले अपरान्ह ३ बजे सपथ ग्रहण गरेका हुन । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागीता रहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दी आजै कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । यसैबीच हाल कानून मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ ।