प्रधानमन्त्री देउवाले बोलाए सत्तारुढ गठबन्धनको बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान ११ः३० बजे बस्ने गरी बोलाइएको हो ।
प्रधानमन्त्री तथा काग्रेस सभापति देउवाले काग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ ।