नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे

२०७८ चैत्र २५,शुक्रबार १६:०७

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई २ हजार ५१ मतान्तरले पराजित गर्दै अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन् । घिमिरे ४ हजार ४ सय ३३ मत प्राप्त गर्दा निकतटम अधिकारीले २ हजार ४ सय ८२ मत प्राप्त गरेका थिए ।
यस्तै, एसोसिएसनको महासचिवमा अन्जिता खनाल निर्वाचित भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए ।