मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र २८,सोमबार १०:३१
file-photo

जनकपुर । मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी आज (सोमबार) बिहान ५ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोतका निमित्त प्रमुख सुनील झा रहेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चोकबाट रंगेहात पक्राउ गरेको हो । अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको आयोगले जनाएको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।