मनहरी २ को वडाध्यक्षमा स्याङतानको दावी

तु खबर संवाददाता
२०७९ बैशाख ३,शनिबार ०९:३८

मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका २ का इन्चार्ज चन्द्रबहादुर स्याङ्तान (माधब) ले वडाध्यक्ष पदमा उम्मेदवारी दिने दावी गरेका छन् । स्याङतानले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट मनहरी २ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने दावी गरेका हुन् ।

उनले आफु वडाध्यक्षमा निर्वाचित भए जनताको पक्षमा धेरै काम गर्न सक्ने बताए । उनले भने, ‘म मनहरीमै बसेर विभिन्न संघसंस्थामा आवद्ध भई काम गरिरहेको छु र वडाध्यक्षमा पनि गठबन्धनले विश्वास गरेर उम्मेदवार बनाएर निर्वाचित भए जनताको पक्षमा धेरै काम गर्नेछु ।’

उनले आफु वडाध्यक्ष पदमा निर्वाचित भए युवामुखी कार्यहरुलाई प्राथमिकामा राखी ‘एक टोल, एक खेल मैदान’ निर्माण गर्ने, कृषिलाई आय अर्जनको बलियो अधार बनाई आर्थिकसँग जोड्ने, खेर गइरहेको पानीको स्रोतलाइ सिचाईँमा केन्द्रीत रही ‘एक घर, एक धारा’ भन्ने राज्यको नीतिको पुर्ण सहयोग गर्ने र अव्यवस्थित ऐलानी जग्गा सुकुमबासीलाई लालपुर्ज वितरणमा पहिलो प्राथमिकता दिइने  प्रतिबद्धता जनाए ।

उनी जुनतारा क्लबको संस्थपक अध्यक्ष, तिनतले झुल्यान टोल विकास समितिको अक्ष्यक्ष, मनकामना वन उपभोक्ता समितिको लेखा समिति र श्री सिता माध्यमिक विद्यालय व्यवस्थापन समितिको संचालक समितिसहित स्थानीय स्तरमा आधा दर्जन भन्दा बढी संघसंस्थामा आवद्ध छन् ।