काभ्रेपलाञ्चोकमा आठ हजारभन्दा बढी मत बदर

तु खबर संवाददाता
२०७४ मंसिर २८,बिहीबार १३:१३

बनेपा, २८ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ (४.३०) प्रतिशत मत बदर भएको राससले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार ९९ मत बदर भएको हो ।

मतदाता शिक्षाको अभाव, मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो ।

हामीले मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनाँै, त्यस्तो त्रुटि पनि देखियो उहाँले भन्नुभयो । कूल दुई लाख ७२ हजार २९२ मतदाता रहेको जिल्लामा एक लाख ९२ हजार ८७० मत खसेको थियो ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख ३३ हजार ७७८ मतदाता रहेकामा ९३ हजार ५४२ मत खसेको थियो भने प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख ३८ हजार ५१८ मतदाता रहेकामा ९९ हजार ३२८ मत खसेको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई र प्रदेशसभा चार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*