त्रिभुवन विश्वविद्यालयमा जेठ १३ गतेसम्म वर्षे विदा
![](https://www.tukhabar.com/wp-content/uploads/2018/11/tribi.jpg)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिएको छ । त्रिवि कार्यकारी परिषद्को बैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ बैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन विदा दिएको हो ।
विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरुको नियमित परीक्षा भने यथावत सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना ।